HamroNepalDainik.com
समाचार

अंत्यमा सत्यको जित भयो, शिक्षक ठाकुरले सुरु गरे कामकाज

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं ३ स्थित श्री जुद्ध माध्यमिक विद्यालयका शिक्षक प्रमोदकुमार ठाकुरले आजदेखि विद्यालयमा हाजिर भइ कामकाज शुरु गरेका छन् ।

साबिक सर्लाही बलरा नपा ४ हाल गौर–५ निवासी ४९ वर्षिय शिक्षक ठाकुर करिब चार वर्षपछि विशेष अदालतबाट सफाई पाएपछि उनले विद्यालयमा कामकाज शुरु गरेको विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतले जानकारी गराए । विद्यालयमा आयोजित गौरका नगरप्रमुख तथा उप–नगरप्रमुख अभिनन्दन कार्यक्रमकै वीच प्राथमिक तह द्वितिय श्रेणीका शिक्षक ठाकुरलाई हाजिर गराई विद्यालयको कामकाज शुरु गराइएको बताए ।

उनलाई विशेष अदालत काठमाडौंले गत जेठ ४ गतेको आदेश अनुसार सफाई दिएपछि उनीमाथि घुस लिएको झुटो मुद्दाको षडयन्त्र रचिएको भनी पुष्टि समेत भएको छ । गत २०७५ साल साउन १८ गते विद्यालयमा भवन निर्माण गर्ने क्रममा एक जना पेटिकन्ट्रयाक्टरले उनले भुक्तानी दिन आलटाल गरी आफुसंग २७ हजार घुस मागेको भन्दै अख्यितारमा उजुरी गर्दै अख्तियारको टोलीले विद्यालयमा छापा हानी नगद २७ हजारसहित नियन्त्रणमा लिएको थियो ।

त्यसपछि उनलाई विद्यालयमा निलम्बित गरिएको थियो । नियन्त्रणमा परेपछि उनको स्वास्थ्यमा गडबडी हुदाँ उनी ६ दिन अस्पतालमा बसेका थिए । पछि ४५ हजार धरौटीमा उनी रिहा भएका थिए ।

Related posts

हृदयघातको कारणले युवा पत्रकार नरेश सरार्फको निधन

hamronepaldainik

नेपाली कंग्रेसको घरदैलो कार्यक्रम सम्पन्न

hamronepaldainik

आयातमा कडाइपछि वीरगञ्जका भन्सारले भेट्टाएनन् लक्ष्य

hamronepaldainik
HamroNepalDainik