HamroNepalDainik.com
समाचारस्थानिय

विन्दवासिनीका अध्यक्ष तिवारीको शिक्षा प्रतिको लगाव बढदै, झौवागुठी माविमा दुई कोठे भवनको शिलान्यास

वीरगंज १६ जेठ ।

पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ मा रहेको श्री रामपृत रामस्वरुप चौरसिया माध्यमिक विद्यालय झौवागुठीमा दुई कोठे भवन निर्माणको आज एक भव्य समारोहका बीच शिलान्यास भएको छ ।

मधेश प्रदेश सरकारको समाजिक बिकास मन्त्रालयको ३० लाखको लागतमा निर्माण हुन लागेको भवनको प्रमुख अतिथी प्रदेश सभा सदस्य प्रहलाद गिरिले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रमोद तिवारीले विद्यालयलाई २५ थान कम्युटर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । नवनिर्वाचित गाउँपालिका अध्यक्ष तिवारीले शिक्षालाई उच्च प्रथमिकता दिदै कम्युटर ल्याबको लागि कम्प्युटर सहयोग गर्ने वताए । सो अवसरमा अध्यक्ष तिवारीले पालिकाको लगानीमा एम्बुलेन्स सेवा बिरगंज सम्मको भाडा निशुल्क गर्ने घोषण समेत गर्नु भएको थियो ।

सो अवसरमा स्थानिय बुद्धिजिवि, समाजसेवी, शिक्षक, प्रहरी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

Related posts

वडाकाे कामकाज छाेडी प्र.प्र अधिकृतकाे सरुवामा कालिकामाईका वडाध्यक्षहरु व्यस्त

hamronepaldainik

एन एम बि बैंक द्वारा महानगरलाई डस्टविन सहयोग

hamronepaldainik

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेड

hamronepaldainik
HamroNepalDainik