HamroNepalDainik.com
समाचारस्थानिय

लोसपा नेपाल बाट बिन्दवासिनीमा गाउँपालिका अध्यक्ष पदकाे उम्मेदवार तिवारी घरदैलो अभियानमा व्यस्त

वीरगंज २२ बैशाख।

लोसपा नेपालले बिन्दबासिनी गाउँपालिकामा चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचन नजिकदै जादा लोसपा नेपालले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो ।

लोसपाको तर्फ बाट बिन्दबासिनी गाउँपालिका अध्यक्ष पदको प्रत्यासी प्रमोद तिवारी सबै वडाका उमेदवार , वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा बिन्दबासिनी गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिएको छ ।

बिन्दबासिनी गाउँपालिकाको वडा नं.३ को ठूलो झौवा र सानो झौवा घरदैलो गरेको छ भने वडा नं. ४ को अमरपट्टि, मधवल र वडा नं.५ को प्रसौनीभाठा त्यसै गरि वाड न : २ मा बहुअर्वा, हरिनगर लगायत टोलमा घर दैलो सम्पन्न गरेको छ ।

समाजमा बिकासको नाममा भ्रष्टचारी बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताएका छ्न । अबको चुनावमा योग्य , इमान्दार , देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने बिश्वास व्यक्त गरेका छ्न ।

अबको निर्वाचनमा बिन्दबासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।

Related posts

भ्रष्ट मुख्यमन्त्रीका कारण पूरै मधेश प्रदेश बदनाम भयो : अध्यक्ष सर्राफ

hamronepaldainik

वीरगंज महानगरले संचालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने

hamronepaldainik

भारतीय नोट सहित एक जना मानिस पक्राउ

hamronepaldainik
HamroNepalDainik