HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दबासिनी गाउँपालिकामा काङ्ग्रेसद्वारा चुनाव प्रचारप्रसारमा तिव्रता

वीरगंज १९ बैशाख।

नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाले चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिका अध्यक्ष पदको प्रत्यासी बिबेक चौरसिया वडाका वडाअध्यक्ष, वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा बिन्दबासिनी गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिएको छ ।

बिन्दबासिनी गाउँपालिकाको वडा नं.३ को ठूलो झौवा र सानो झौवा घरदैलो गरेको छ भने वडा नं. ४ को मधवल र वडा नं.५ को प्रसौनीभाठा लगायत टोलमा घर दैलो सम्पन्न गरेको छ ।

 

समाजमा बिकासको नाममा भ्रष्टचारी बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताएका छ्न । अबको चुनावमा योग्य , इमान्दार , देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने बिश्वास व्यक्त गरेका छ्न ।

अबको निर्वाचनमा बिन्दबासिनी गाउँपालिका अध्यक्षमा बिबेक चौरसिया जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।

Related posts

शक्तिप्लेट दानामा (वालुवा) मिसाएर ठगी

hamronepaldainik

विरगञ्ज रक्सौल नाका केहि घण्टा बन्द

hamronepaldainik

मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

hamronepaldainik
HamroNepalDainik