HamroNepalDainik.com
समाचारस्थानिय

पोखरिया नगरपालिकामा लोसपा बाट मेयरमा समानी र उप – मेयरमा आशा देवीको उमेदवारी दर्ता

वीरगंज, १२ बैशाख ।
पर्सा जिल्लाको पोखरिया नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजबादी पार्टी नेपालको तर्फबाट नेजामुदिन समानी र उप – मेयरमा आशा देवी लगायतको टिमले मनोनयन दर्ता गराएको छ ।
समानीले नगरपालिका मेयरका लागि नगरपालिका कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
ब्यानर एवम् साइकल चिन्ह सहित हजारौँ नेता तथा कार्यकर्ताहरु समानीको मनोनयन दर्ता गराउन उपस्थित रहेका थिए ।
बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका समानीले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
जनताबाट प्राप्त गरेको साथ, समर्थनले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने मेयरका उम्मेदवार समानी र उप – मेयरका उम्मेदवार आशा देवीको विश्वास छ ।
लोकतान्त्रिक समाजबादी पार्टीबाट नगरपालिका मेयर नेजामुदिन समानिसँगै उप – मेयरमा आशा देवी, वडा अध्यक्ष र वडा सदस्य सहित मनोनयन दर्ता गराउनु भएको छ ।

Related posts

श्री नेपाल स्काउट नि.मा.वि.मा अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

hamronepaldainik

१३ लाख नगद सहित जगरनाथपुरका रवि पटेल पक्राउ

hamronepaldainik

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

hamronepaldainik
HamroNepalDainik