HamroNepalDainik.com
समाचार

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ काे वडाध्यक्षमा दिलिप पटेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले आफ्नाे दलबलकाे साथ निर्वाचन अधिकृतकाे कार्यालय बिन्दवासिनीमा गएर उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि आफुले स्वतन्त्र उम्मेदवारी दिएकाे पटेलले वताए ।

उनले भने “आफु लामाे समयदेखी कांग्रेस मै सक्रिय थिए । पार्टीले पनि आफुलाई नै टिकट दिने आश्वासन दिएकाे थियाे । तर अन्तिममा आएर अरुलाई टिकट दिएपछि आफु आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाे छु । “

बैशाख ३० गते हुने निर्वाचनमा आफुले नै चुनाव पनि जित्ने उनले दाबी समेत गरे । कांग्रेसले साे वडामा वडाध्यक्षकाे टिकट सुकदेव राउत अहिरलाई दिएकाे छ ।

Related posts

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जना घाइते

hamronepaldainik

आईटी आर्मीद्धारा सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकार सँग माग

hamronepaldainik

पर्सा जिल्लाको बिभिन्न नाका बाट तसकरी फस्टाउदै

hamronepaldainik
HamroNepalDainik