HamroNepalDainik.com
समाचार

त्रिभुवन विमानस्थलमा अनलाइन भुक्तानीको ‘भर छैन’, नगद बोकेर आउन पर्यटकलाई आग्रह

काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयले विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकहरुलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।

विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरुलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले दुई सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन भनेको हो । कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको, विमानस्थलमा एउटा मात्र एटीएम मेसिन रहेको र विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकोले भीडभाड तथा झण्झटबाट बच्न नगदै बोकेर आउन भनिएको छ ।

सूचनामा अहिले अनअराइभल भिसा शुल्क वापत बैंकिङ भुक्तानी मात्र स्वीकार गर्ने र बैंकले अमेरिकी डलरसँगै अरु देशको मुद्रा पनि स्वीकार गर्ने उल्लेख छ । सभार उज्यालो

Related posts

नमुना मतपत्र र स्वस्तिक छापसहित जालिम मियाँका छोरा पक्राउ

hamronepaldainik

बिन्दवासिनी -५ प्रसौनीमा नि:शुल्क आखाँ शिविर समपन्न

hamronepaldainik

बिन्दवासिनीका असई तिवारीद्वारा एक दलित माथी बुट प्रहार

hamronepaldainik
HamroNepalDainik