HamroNepalDainik.com
बैंक/वित्तसमाचार

प्राइम कमर्सियल बैंकद्वारा केडिया आँखा अस्पताललाई २ थान स्टिल ट्यांकी सहयोग

वीरगञ्ज, १० चैत ।

प्राइम कमर्सियल बैंक लिमिटेड बिरगंज शाखाले रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरलाई २ थान खानेपानीको स्टिल ट्यांकी सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बैंकले १ हजार लिटर क्षमताको २ वटा खानेपानी ट्यांकी केडिया आँखा अस्पतालका सल्लाहकार समितिका रमेश कुमार केडिया, मेडिकल डाइरेक्टर नितिन तुलस्यान, प्रशासनका प्रकाश कुमार वर्मा, लेखाका श्रीकान्त प्रसाद कानुलाई हस्तान्तरण गरिएको हो ।

बैंकका मधेश प्रदेशका प्रमुख बुधीराज बराल  र मधेश प्रदेशका सहायक प्रमुख भास्कर मल्ल,  वीरगञ्ज शाखा प्रबन्धक मेघनाथ सोनार , कर्जा अधिकृत नरेश कुमार शर्माको उपस्थितिमा  ट्याकी हस्तान्तरण गरेका थिए ।

Related posts

सर्लाहीको मलंगवा–९ मा गोली चल्दा एकको मृत्यु

hamronepaldainik

वीरगंज महानगरले संचालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने

hamronepaldainik

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

hamronepaldainik
HamroNepalDainik