HamroNepalDainik.com
समाचारस्थानिय

पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु

बिरगंज ११ माघ । पर्सामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मंगलवार बिहान पाँच बजे बाराको कोलहवी नगरपालिका – ३ बस्ने ६० वर्षका पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

उनको मंगलवार उपचारको क्रममा बिहान पौने पाँच बजे मृत्यु भएको हो। सोमबार अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अस्पताल भर्ना भएका वृद्धलाई गम्भीर किसिमको निमोनिया लागेको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए ।

सिंहका अनुसार अस्पताल भर्ना गर्दा उनको अवस्था चिन्ताजनक थियो । कुनैपनि भ्याक्सिन नलगाएका वृद्धको ज्यान जोगाउन आफुहरुले हरेक प्रयास गरेपनि उनको स्वास्थ्य अवस्था धेरै बिग्रेको कारण बचाउन नसकिएको डा. सिंहले बताए ।

कोरोनाको तेस्रो लहर सुरु भएदेखि वीरगञ्जमा पछिल्लो ४ दिनमा ३ जनाले संक्रमणका कारण ज्यान गुमाई सकेका डाक्टर सिंहले बताए। वीरगन्जमा कारोनाको पहिलो लहरमा ८६ जनाको र दोस्रो लहरमा ३४१ जनाको र तेस्रो लहरमा अहिले सम्म ३ जना को मृत्यु भएको छ ।

नारायणी अस्पतालमा हाल ७ जना संक्रमित उपचाररत रहेका छन्। कोभिड संयोजक डाक्टर सिंहका अनुसार नारायणी अस्पतालको कोभिड वार्डमा ७ जना संक्रमित रहेका छन्। तीमध्ये एक जनाको भने उपचारका क्रममा मगलबार बिहान ५ बजे मृत्यु भएको हो। अहिले अस्पतालमा उपचाररत ७ जनामध्ये १ जनालाई अक्सिजनको सपोर्ट दिएर राखिएको र अरु ६ जना संक्रमितको अवस्था सामान्य रहेको डाक्टर सिंहले जानकारी दिए।

र तेसही गरि हिजो नारायणी अस्पतालको प्रयोगशालामा सोमबार बेलुकी ४२ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको छ। परीक्षण गरिएकामध्ये ६८ प्रतिशतमा संक्रमण भेटिएको प्रयोगशालाका प्रमुख डाक्टर प्रभाकर पाण्डेले बताए।

सोमबार बेलुकी संक्रमण पुष्टि भएका ४२ जनामध्ये पर्सा जिल्लाका १२ जना, बाराका ७ जना, रौतहट को ३ जना र सुन्सरी १ जना रहेका छन्।

गत पुष २८ गते देखि १० गते माघ सोमबारसम्म अस्पतालमा ११०४ जनाको पीसीआर परीक्षण गर्दा ६७७ जनामा संक्रमण भेटिएको कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए। वीरगन्जमा पछिल्लो एक हप्ता यता संक्रमण दर ६० प्रतिशतभन्दा बढी रहेको डाक्टर पाण्डेले बताए।

Related posts

समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न

hamronepaldainik

प्रदिप यादवलाई मन्त्री नबनाएपछि उपेन्द्र यादवलाई काला नाग भन्दै वीरगंजमा प्रदर्शन

hamronepaldainik

महानगरसँग सहमती भएसँगै शिक्षकहरुको आन्दोलन फिर्ता

hamronepaldainik
HamroNepalDainik