HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचारस्थानिय

वीरगञ्ज : शुक्रबारदेखि नाका खुलेपनि भारतीय चारपांग्रे सवारी नेपालभित्र प्रवेश गर्नमा रोक

वीरगन्ज (पर्सा) । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र शुक्रबारदेखि औपचारिक रुपमा खुल्ला भएतापनि भारतीय गाडीले नेपाल प्रवेश गर्न पाएका छैनन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमा नाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरेसँगै तेस्रो दिन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई औपचारिक रुपमा पत्र पठाएको थियो ।

सरकारले निर्णय गरेको दुई दिनपछि मात्रै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो । गृहले पठाएको पत्रमा भारतीय निजी सवारीलाई नेपाल प्रवेश गर्न दिने भन्नेबारे केही पनि उल्लेख नगरिएको कारण शुक्रबारदेखि सीमा नाका औपचारिक रुपमा खुलेपनि भारतीय निजी सवारी नेपाल प्रवेश गर्न पाएका छैनन् ।
नेपालबाट भारततर्फ निजी सवारी साधन जान कुनै किसिमको रोकटोत छैन, भने भारतबाट नेपाल आउन सवारी साधन अहिलेसम्म पनि औपचारिक रुपमा खुल्ला गरिएको छैन ।
गृह मन्त्रालयले पठाएको पत्रमा नेपाल–भारत सीमा क्षेत्रमा कोरोनाविरुद्धका मापदण्डहरु पालना गर्दै आवागमन खुल्ला गर्ने भनेर मात्रै पत्र आएको हुनाले निजी सवारी साधनलाई प्रवेश गर्न रोक नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
उनले भने, ‘हामीलाई सीमा खुल्ला गर्ने भनेर मात्रै निर्देशन आएको छ । सवारी आवागमनबारे भन्सार विभागलाई पत्र पठाउने भएको हुनाले भन्सार काट्ने नकाट्नेबारे भन्सार विभागले नै निर्णय गर्नेछ ।’
यता वीरगन्ज भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले विभागबाट कुनै किसिमको पत्र नआएको बताए । सरकारले नेपाल–भारत सीमा खुल्ला गरेपनि भारतीय चार चक्के निजी सवारी आवागमन खुल्ला गर्ने–नगर्नेबारे कुनै किसिमको पत्र नआएको हुनाले अहिले निजी सवारीको भन्सार नगरिने उनले बताए ।
यहाँका सर्वसाधारणहरु लकडाउनका बेलादेखिनै निर्वाध रुपमा आवतजावत गरिरहेका छन्, मोटरसाइकलहरु पनि वीरगन्जमा प्रवेश गरिरहेका अवस्थामा चार चक्के निजी सवारी मात्रै रोक लगाइएको हो ।
नेपाल–भारत सीमा क्षेत्रबाट चार चक्के सवारीमा रोक लगाइएको कारण होटल व्यवासय एवं अन्य व्यापारहरु पनि धरायसी बन्दै गएको छ ।

Related posts

५ लाख घुससहित गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

hamronepaldainik

आत्मनिर्भरका लागि प्राकृतिक श्रोतको सदुपयोग जरुरी : मन्त्री रिजाल

hamronepaldainik

भन्सार छली ल्याउदै गरेको लत्ताकपडा नियन्त्रणमा

hamronepaldainik
HamroNepalDainik