HamroNepalDainik.com
समाचारसमाज

बरकतुल उलुमका बालबालिकालाई न्यानो कपडा बितरण

वीरगञ्ज,पर्सा
वीरगञ्जको छपकैयाँमा रहेको मदरसा बरकतुल उलूमका बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ ।

इक्ना रिलिफ क्यानडाको आर्थिक सहयोग र स्वास्थ्य सेवा तथा उद्दार संघ नेपाल काठमाण्डौको पहलमा बरकतुल उलूममा रहेका ६० जना बालबालिकालाई ब्लांकेट र सल उपलब्ध गराइएको हो ।

चिसोका कारण बालबालिका प्रभावित भएकाले उनीहरुलाई ध्यानमा राख्दै न्यानो कपडा उपलब्ध गराइएको कार्यक्रम संयोजक साकिब अंसारीले जानकारी दिए ।

मदरसा बरकतुल उलुमका सदर मद्दरिस मुफ्ती अयुबको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, मदरसा बरकतुल उलुमका काेषाध्यक्ष कलाम ठकुराइ , पूर्व सचिव अब्बास मंसुरी, खैरूदिन हवारी ,समाजसेवी जैनुदिन मंसुरी, जाजुल हवारी, बसरूदिन मंसुरी लगाएतकाे उपस्थिति रहेको थियो ।

Related posts

शिक्षा, स्वास्थ र न्याय नि:शुल्क गर्छु : अशोक टेमानी

hamronepaldainik

ठोरीको गाई फार्म अलपत्र छाडेर हिँडेका सञ्चालकहरू सम्पर्कमा आए

hamronepaldainik

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

hamronepaldainik
HamroNepalDainik