HamroNepalDainik.com
समाचारस्थानिय

समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते हुने

वीरगंज ०७ पुस ।

नेकपा (एकीकृत समाजवादी) पर्साको प्रचार विभागको बैठक बुधबार सम्पन्न भएको छ ।

वीरगंजको राधेमाईस्थित पार्टी कार्यालयमा बसेको बैठकले समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते सोमबारका दिन गर्ने निर्णय गरेको छ । पार्टी प्रचार विभाग प्रमुख एवम् समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य राघव साहको अध्यक्षतामा सम्पन्न बैठकले एकीकृत समाजवादी निकटका समाजवादी प्रेस संगठन नेपालमा आवद्ध हुने इच्छुक पर्सेली क्रियाशिल संचारकर्मीहरुले जिल्ला भेला अघावै सदस्यता लिन आव्हान समेत गरेको छ ।

बैठकमा वोल्दै एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले समाजवादको बारेमा ब्याख्या गर्दै संगठनलाई चुस्त, दुरुस्त बनाएर लग्नु पर्ने सुझाए । उनले संगठनमा क्रियाशिल संचारकर्मीलाई प्राथमिकता दिई संगठन निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।

सम्पन्न बैठकमा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, प्रेस संगठनका केन्द्रिय सदस्यद्वय बृजलाल पासवान, रेबिन्द्र कार्की, समाजवादी प्रेस संगठनका नेता मनोज पटेल, सरोज खड्का लगायतको उपस्थिती रहेको थियो ।

Related posts

सालोम सेकेन्ड्री स्कूलको बार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

hamronepaldainik

बीपी प्रतिष्ठानमा आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघर्ष समितिको चेतावनी

hamronepaldainik

नेपाल एटिमी क्युकोसिन कराते संघ भलुहीको उदघाटन

hamronepaldainik
HamroNepalDainik