HamroNepalDainik.com
खेलकुदसमाचार

सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान, ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई  प्रदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी लामिछानेलाई दिएको हाे।

मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरी कारबाहीमा परेका छन् । उनीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।

क्यानद्वारा गठित अनुशासन उल्लङ्घन सम्बन्धी छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाइ २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरिएको छ।‍’

Related posts

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको जीप दुर्घटनामा दुईजनाको मृत्यु

hamronepaldainik

जिराभवानी गाउँपालिका वडा नं। ३ जितपुरमा निःशुल्क आँखा शिविर

hamronepaldainik

सिभिल बैंकको वार्षिकोत्सवमा २ महिला सहित ३१ जनाले गरे रक्तदान

hamronepaldainik
HamroNepalDainik