HamroNepalDainik.com
समाचार

सुनजस्तो देखिने पदार्थसहित २ जना भारतीय नागरिक पक्राउ

२६ मंसिर, काठमाडौं । दुबईबाट काठमाडौं आएका दुई जना भारतीय यात्रु सुनजस्तै देखिने पहेँलो पदार्थसहित पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका ३१ वर्षीय सथम हुसेन र ३६ वर्षीय कादर इब्राहिम पक्राउ परेका हुन् ।

हुसेनको गतिविधिमा शंका लागेपछि उनलाई आगमन पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याइएको थियो । सो क्रममा हुसेनले मलद्वारमा लुकाएर भन्सार छल्न खोजेको अवस्थामा सुनजस्तो देखिने पाँच थान अर्ध ठोस पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

उनको बयानको आधारमा भारतीय आधार कार्डसमेत बोकेका कादर इब्राहिमलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

Related posts

बिन्दबासिनी गाउँपालिकामा अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको प्रयोगमा

hamronepaldainik

वीरगंजमा न्यूज २४ टेलिभिजनका प्रादेशिक कार्यालय संचालन

hamronepaldainik

कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा थप प्रतिबन्धको घोषणा

hamronepaldainik
HamroNepalDainik