HamroNepalDainik.com
अन्तराष्ट्रियराष्ट्रियसमाचार

नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

२० मंसिर, काठमाडौं ।

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै  विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।

तर कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

Related posts

पटेर्वा सुगाैलीका आधारभुत अस्पताल देउवाले गरे उद्घाटन

hamronepaldainik

कानु समाज नेपाल पर्साको बैठक समापन

hamronepaldainik

भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ, के भन्छ प्रहरी अनुसन्धान ?

hamronepaldainik
HamroNepalDainik