HamroNepalDainik.com
प्रदेशसमाचार

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनी पक्राउ

सर्लाही, १८ मंसिर

इलाका प्रहरी कार्यालय बरहथवाले अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशन्कर यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

सर्लाही जिल्लाको बसवरिया गाउपालिका वडा नम्बर २ मानपुर बस्ने राम प्रगास सहनीको २३ बर्सिय छोरा दिलिप सहनीलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनीलाई पक्राउ गरि अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गरूडा रौतहट पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्ज महानगरले आ.ब ०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन

hamronepaldainik

वीरगंज – १९को सार्वजनिक जग्गामा गरिएको घेराबारमा तोडफोड : वृक्षारोपण अभियानमा अवरोध गर्ने प्रयास

hamronepaldainik

नवौं कार्यकुशलता तथा सिकाइ ब्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।

hamronepaldainik
HamroNepalDainik