HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा थप प्रतिबन्धको घोषणा

लण्डन- हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ।

प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो। त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी बढाइएको छ।

बेलायत आउने हरेक यात्रुले दुई दिनमात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्यरुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पीसीआर परीक्षण गरिनेछ। यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस ‘पोजिटिभ’ देखिएमा आफैं आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछिमात्र बाहिर निस्किन पाउने बताइएको छ।

हालै अफ्रिकामा देखिएको भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्यमन्त्री सजिद जाभिदले शनिबार जानकारी दिएका छन्।

यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताएका छन्। बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएको हो।

उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पीसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका हुन्।

साथै, बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ।

Related posts

एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ

hamronepaldainik

मध्य नेपाल सन्देश साप्ताहिकको आठौं वार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

hamronepaldainik

सुनजस्तो देखिने पदार्थसहित २ जना भारतीय नागरिक पक्राउ

hamronepaldainik
HamroNepalDainik