HamroNepalDainik.com
समाचार

सुरु भयो प्रधानमन्त्री र कानुन व्यवसायीहरु बीच छलफल

१० मंसिर,  । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुबीच छलफल सुरु भएको छ ।

बालुवाटारमा सुरु भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानून व्यवसायीहरु समेत सहभागी रहेका छन् ।

लामो समयदेखि सर्वोच्च अदालतकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ ।

नेपाल बार एशोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ ।

Related posts

कार्यालय आउन मान्दैनन् पोखरिया नगरपालिकाका कर्मचारी

hamronepaldainik

वीरगंजमा स्तन क्यान्सर सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न

hamronepaldainik

विन्दवासिनी गा.पा.–३ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

hamronepaldainik
HamroNepalDainik