HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

एकल महिलाहरुलाई वडा अध्यक्ष आलम द्वारा साडी वितरण

वीरगञ्ज २३ कार्तिक ।

एकल महिलाहरुलाई वडा अध्यक्ष आलम द्वारा साडी वितरण गरिएको छ l नेपालमा मनाइने बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक पर्व छठको उपलक्षमा एकल महिला एवं बर्तालुहरुलाई साडी वितरण गरिएको छ ।

पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम द्वारा छठपर्वको उपलक्ष्यमा यस वर्ष पनि एकल महिला एवं अन्य बर्तालुलाई साडी वितरण गरेकी हुन् । पर्सागढी नगरपालिका वडा नं ५ को जिगना टोल ,पचरुखी टोल, बहुअर्वा टोल , हर्दिया टोलमा गरी महिलाहरु लाई साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए।

नेपालमा बसोबास गर्ने मधेशी समुदायको प्रमुख पर्वका रुपमा रहेको छठ मनाउन सहयोग स्वरूप साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए । उनले साडी वितरण कार्यलाई आगामी वर्षहरुमा पनि जारी राख्ने बताईन ।

सो कार्यक्रमका महिला सदस्य सतिया देवी, सदस्य धुरुप राय भर, योगेन्द्र साह,शिवमतिया अहिरिन ,युवा नेता अशोक यादव,नुरहसन मियाँ,रामबेलास बिन,सैनुलाह मियाँ,फजिल मियाँ लगायत स्थानीयवासीको उलेख्निय सहभागिता रहेको थियो

Related posts

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

hamronepaldainik

छठका व्रतालुहरुलाई सासंद यादवद्वारा साड़ी वितरण

hamronepaldainik

वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै

hamronepaldainik
HamroNepalDainik