HamroNepalDainik.com
खेलकुद

भारतले दियो न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य

बिरगंज पर्सा , आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य दिएको छ । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक २५ रन बनाउँदा निर्धारित ओभरमा ७ विकेट गुमाएर मात्रै ११० रन बनायो ।

भारतका लागि इशान किसन र केएल राहुलले ओपनिङ गरेका थिए । भारतका इशान किसन ४ रन बनाउँदै आउट भए । त्यस्तै ५.५ ओभरमा ३५ रन भएका बेला दोस्रो विकेट पतन भएको थियो । त्यतिबेला केएल राहुल १८ रन बनाएर आउट भए ।

उनले १६ बल फेस गर्दा ३ चौका प्रहार गरे । त्यस्तै रोहित शर्मा पनि धेरैबेर टिक्न सकेनन् । १४ बलमा १४ रन बनाएका रोहित एक छक्का र एक चौका प्रहार गरेर पभेलियन फर्किए ।

कप्तान विराट कोहली ७ रन बनाएर आउट हुँदा भारतले ४८ रनमा चौथो विकेट गुमाएको थियो । यस्तै १९ बल फेस गरेका ऋषभ पन्तले १२ रन बनाएर आउट भएका थिए ।

सार्दुल ठाकुरले खाता खोल्न सकेनन् भने रविन्द्र जडेजा२६ रनमा नटआउट रहे । जडेजाले बनाएको रन नै सर्वाधिक रन रह्यो । उनले १९ बल फेस गर्दा एक छक्का र २ चौका प्रहार गरेका थिए ।

भारतमाथि दबाब कायम गर्दा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ३ र इस सोडीले दुई विकेट लिए । त्यस्तै टिम साउथी र एडम माइनले एक एक विकेट लिए ।

Related posts

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार

hamronepaldainik

संतोष सर्राफको अध्यक्षतामा सितेरियो कराँते संघ पर्सा गठन

hamronepaldainik

मुखिया कप क्रिकेट प्रिमियर लिगको उपाधि मुर्ली क्रिकेट क्लब

hamronepaldainik
HamroNepalDainik