HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा पाण्डेको दाबी

१० कात्तिक, हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

Related posts

नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागेको अध्यक्ष माधवकुमार नेपालको कडा टिप्पणी

hamronepaldainik

स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग माग्यो दरबन्दी बाहेकका कर्मचारीको विवरण

hamronepaldainik

नारायणि अस्पतालमा ७ बर्ष देखि बन्द रहेको सिटिस्क्यान मेशिन सुचारु

hamronepaldainik
HamroNepalDainik