HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

पर्साको पकहामैनपुर गाउँपालिकामा नया भवनको शिलान्यास

बिरगंज पर्सा,

पर्साको पकहामैनपुर गाउँपालिका को नया भवन को लागि आज एक कार्यक्रम का बिच शिलान्यास कार्यक्रम समपन भएको छ।

गाउँपालिका को नयाँ भवन को लागि प्रमुख अतिथि  सांसद हरिनारायण रौनियार ले बिधवत रुपमा पुजापाठ गरि शिलान्यास गर्नु भएको हो।

शिलान्यास गर्दै सांसद रौनियार ले भन्नू भयो पचास वर्ष मा नभईको बिकास संघियता अाएको चार वर्ष मा बिकास भएको हो । पहिला सदरमुकाम बाट अावत जावत मा समस्या रहेको थियो अहिले यता चार् वर्षमा बाटोघाटो,स्वास्थ्य , शिक्षा,कृषि लगायत भौतिक पुर्वधार बिकास को काम मा बिकाल निर्माण देखिएको छ ।

गाउँ गाउँ टोल टोल मा सडक ,नाला, बिधुत पोल जडान, वाईफाई, कृषि ,शिक्षा , स्वास्थ्य , र सिचा लगायत काम भएको गाउँपालिका अध्यक्ष बिजय चौरसिया ले बताए ।

खेत खेत मा बिधुत पोल गाडेर किसान हरु लाई सय रुपैयाँ को खर्च मा सिचाई ब्यवस्थापन गरिने बताए ।यहि र्थिक वर्ष मा पकहा मैनपुर गाउँपालिका बाट बस संचालन गरि सस्तो मुल्यमा २५ रुपया मा बिरगंज समम पुर्याउने उदेशय रहेको छ। बस संचालन मा ल्यार जेस्ट नागरिक हरु लाई निशुल्क ब्यवस्थापन गरिने र बिधार्थी , लगाउत लाई छुट को ब्यस्था गरिने गापा अध्यक्ष चौरसिया ले जनाए ।

चार् वर्ष मा ७० प्रतिशत बिकास लगायत निर्माण को काम समपन भएको गा .पा अध्यक्ष चौरसिया ले दाबी गर्नु भएको छ। गाउँपालिका भवन निर्माण को लागि गाउँपालिका बाट ७५ लाख को लागत मा निर्माण हुन लागेको पकहामैनपुर गा.पा अध्यक्ष चौरसिया ले जनाए का छन।

गाउँपालिका अध्यक्ष बिजय चौरसिया को अध्यक्ष्तामा भएको शिलान्यास कार्यक्रम मा प्रदेश सांसद मंजुर आलम , बिन्दबासनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु,सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल,जसपा नेपाल का प्रदेश सदस्य गौरिशंकर साह दादा,जसपा का क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव, लगायत ले शुभकामना मन्तब्य बयक्त गरेका थिए।

गाउँपालिका को भवन निर्माण हुन लागे को भवन उपभोक्ता समिति को माध्यम बाट हुन लागेको गापा अध्यक्ष चौरसिया ले जनाए छन। भवन निर्माण असाढ मसान्त भित्र समपन हुने जनाए का छन।शिलान्यास कार्यक्रम मा नेता र स्थानियबासिन्दा हरु को सहभागिता रहेको थियोे

Related posts

नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागेको अध्यक्ष माधवकुमार नेपालको कडा टिप्पणी

hamronepaldainik

५ लाख घुससहित गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

hamronepaldainik

बहुदरमाइ नगरपालिकाका मेयर ले बाटो मिची आफ्नो साह दरबार होटल बनाएको आरोप

hamronepaldainik
HamroNepalDainik