HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

दशैँ नबित्दै गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा

१ कात्तिक, ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ ।

सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो ।

यसैगरी गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव पदमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची सहित 

Related posts

सामान्य प्रशासनमा सचिवको छड्के, कारबाहीमा परे १०३ जना कर्मचारी

hamronepaldainik

नेपाल युवा परिषद्द्धारा श्री नेपाल स्काउट निमावि ईटियाहीमा बृक्षारोपण सम्पन्न

hamronepaldainik

बिरगंजमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

hamronepaldainik
HamroNepalDainik