HamroNepalDainik.com
राजनीतिसमाचार

सखुवा प्रसौनिका एक दर्जन भन्दा बढी स्थानिय नेताद्वारा जसपा प्रबेश

वीरगंज, २१ असाेज ।

पर्साकाे निर्वाचन क्षेत्र नं. ३ का नेकपा एमालेका पूर्व क्षेत्रिय सचिव समि कपुर गिरीसहित एक दर्जन स्थानिय नेताहरु जनता समाजवादी पार्टी (जसपा)मा प्रबेश गरेकाे छन् ।

गिरीसहित नेकपा ऐमालेबाट निर्वाचित सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ का वडा सदस्य रामा खाँ थारु, ऐमालेका पूर्व गा.वि.स. अध्यक्ष अनुरूध प्रसाद यादव, सुकदेव प्रसाद यादव, गत स्थानिय तहकाे निर्वाचनमा नेकपा ऐमालेबाट सखुवा प्रसाैनी गाउँपालिकाकाे उपाध्यक्षमा चुनाव लडेकी केदार कुमारी बिश्वकर्माका दाई कर्ण बहादुर बिश्वकर्मा जसपामा प्रबेश गरेकाे सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले वताए । यस्तै, नेपाली कांग्रसबाट सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. १ का धनजित पटवारी, प्रभु महतो उराव लगायत एक दर्जन भन्दा बढी स्थानिय नेताहरु जसपामा प्रबेश गरेकाे जसपाका जिल्ला सदस्य समेत रहेका गाउँपालिका अध्यक्ष जयसवालले जानकारी दिए ।

नव प्रबेशीहरुलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडाैंकाे बालकुमारीस्थित पार्टी कार्यालयमा एक कार्यक्रमका बिच फुलकाे माला र अविरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । साे अवसरमा जसपा नेपालका उपाध्यक्ष रामश्य यादव लगायतका नेताहरुकाे पनि उपस्थिती रहेकाे थियाे ।

Related posts

घरेलु तथा साना उद्योग कार्यालयका सुब्बा १५ सय रुपैयाँ घुससहित अख्तियारको फन्दामा

hamronepaldainik

ठाकुरराम क्याम्पसलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह

hamronepaldainik

अमानविय क्रियाकलापको विरुद्ध वीरगंजमा प्रदर्शन

hamronepaldainik
HamroNepalDainik