HamroNepalDainik.com
राष्ट्रियसमाचार

९५ लाख नगदसहित नागढुंगा बाट दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । स्रोत नखुलेको ९५ लाख नगदसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । शनिबार चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गर्दा दुई जना भारतीय नागरिकबाट स्रोत नखुलेको ९५ लाख नगद भेटिएपछि पक्राउ गरेको हो ।

ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा उनीहरु चितवनबाट काठमाडौं आउँदै थिए । पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर भएका २६ वर्षीय सागर माली र १९ वर्षीय कुष्ण अढाडे छन्।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको छ ।

स्रोत नखुलेको रकम (हुण्डी कारोबार)सहित पक्राउ परेका दुवैलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।

Related posts

भोली देखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

hamronepaldainik

कार्यालय आउन मान्दैनन् पोखरिया नगरपालिकाका कर्मचारी

hamronepaldainik

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ वीरगंजका कार्यसमितिको सपथग्रहण सम्पन्न

hamronepaldainik
HamroNepalDainik