HamroNepalDainik.com
समाचारस्थानिय

गृहमन्त्रालयको पत्र नआएसम्म वीरगञ्ज भन्सार नाका खोलिदैन : प्रमुख जिल्ला अधिकारी पौडेल

वीरगञ्ज ८ असोज । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र सरकारले खोल्ने निर्णय गरेपनि हालसम्म वीरगञ्ज भन्सार नाका खुल्न सकेको छैन ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमा नाका पूर्ण रूपमा खुला गर्ने निर्णय गरेको छ । तर मन्त्रिपरिषदले सीमा नाका खोल्ने निर्णय गरेको दुई दिन वित्न लाग्दा पनि नेपाल–भारत सीमा नाका औपचारिक रुपमा खुल्न सकेको छैन ।

अहिलेपनि वीरगञ्ज रक्सौल सीमा क्षेत्र बन्द नै रहेको अवस्था छ । नेपालबाट भारततर्फ जान कुनै किसिमको रोकतोक छैन भने भारतबाट नेपाल आउन औपचारिक रुपमा खुला गरिएको छैन । अनौपचारिक रुपमा सर्वसाधारणहरु आवतजावत गरिरहेका छन् ।

मोटरसाइकल पनि वीरगञ्जमा प्रवेश गरिरहेको छ तर, चार चक्के निजी सवारीमा भने रोक लगाइएको छ । कोरोना महामारी शुरु भएदेखि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि नेपाल भारत सीमा क्षेत्र औपचारिक रुपमा बन्दको घोषणा गरेको थियो ।

साथै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतबीचको सबै सीमा क्षेत्र औपचारिक रुपमा खुला गर्ने निर्णय पनि गरेको छ । तर, स्थानीय प्रशासनलाई कुनै किसिमको पत्र नपठाएको कारण सीमा खुला नगरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेको विभिन्न सञ्चार माध्यमहरुबाट जानकारी पाएका छौं तर, गृह मन्त्रालयबाट हालसम्म कुनै किसिमको पत्र नआएको कारण सीमा नखोलिएको हो । नेपाल भारत सीमा क्षेत्रलाई खोल्ने र बन्द गर्ने नेपाल सरकारले निर्णय गर्ने भएकोले गृहमन्त्रालयको पत्र नआएसम्म सीमा क्षेत्र खोलिदैन ।’

Related posts

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार

hamronepaldainik

Testing

admin

मिडिया काउन्सिल मधेश प्रदेशकाे कार्यक्रममा ३ पत्रकार संगठनकाे विराेध

hamronepaldainik
HamroNepalDainik