HamroNepalDainik.com
समाचारस्थानिय

बिभिन्न लागु औषध सहित ४ जना मानिसहरू नियन्त्रणमा

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०६।०६ गते १४;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शंकितरूपमा पैदल हिडिरहेको जिल्ला बर्दिया गुलरिया घर भई हाल चितवन भ.म.न.पा.वडा नं.२२ बस्ने बर्ष २२ को राजेश थारु र जि.चितवन भ.म.न.पा.वडा नं.७ बस्ने बर्ष ३२ को सुरेश नेपालीलाई शंका लागि रोकी जाँच गर्दा निजहरूले बोकेको दुईवटा (रसबरी) मिठाइको डब्बा भित्र लुकाइछिपाई ल्याएको लागु औषध Winpirex Syrup -100 ml को १२० बोतल फेला परेकोले उल्लेखित लागु औषधहरु बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छl

Related posts

ठोरी गाउँपालिकाको छैटौं गाउँसभा सम्पन्न

hamronepaldainik

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ वीरगंजका कार्यसमितिको सपथग्रहण सम्पन्न

hamronepaldainik

सालोम सेकेन्ड्री स्कूलको बार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik