HamroNepalDainik.com
राष्ट्रिय

डिभिजन वन कार्यालय द्वारा ठुलो मात्रामा काठ बरामद

चन्द्रपुर, ३० भदौ । डिभिजन बन कार्यालय रौतहटले ठुलो परिमाणमा चिरानको काठ बरामद गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं ३ गैडाटार सब–डिभिजन बन कार्यालय अन्तर्गत रहेको हिलेखोला जंगलबाट डिभिजन बन कार्यालय रौतहटबाट खटिगएका वन गस्ती टोलिले साल जातको चिरानको ५१ थान कडी बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् । बुधबार विहान वन कर्मचारी रनजित राय यादब र जमदार जयलाल पटेलको नेतृवमा गएको गस्ती टोलिले चिरान ४६.०४ क्युफिट काठ बरामद गरेको बताएका छन् । वन गस्ती टोलिले सोही स्थानबाट ११ थान साईकल र एक जना मानिसलाई समेत पक्राउ गरेको बताए । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं ३ सुत्नेखोला बस्ने ४३ वर्षिय लाल बहादुर बम्जन रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।

Related posts

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ध्दारा स्वर्गीय राज बिरेन्द्र को २० औ श्रध्दान्जली सभा मनाइयो

hamronepaldainik

जसपाका मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाए

hamronepaldainik

नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

hamronepaldainik
HamroNepalDainik