HamroNepalDainik.com
प्रदेश

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

३० भदौ, विराटनगर । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ । यस्तै ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी छ ।

एमाले सांसद लीलाबल्लभ अधिकारीले साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा बोलाइएको बताए । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मन्त्रिपरिषद् विस्तार आजै हुने बताए ।

Related posts

मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

hamronepaldainik

मुद्दा शाखाका हवल्दार यादवले असुली गर्ने मनसायले कलवारलाई धम्की दिदै

hamronepaldainik

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

hamronepaldainik
HamroNepalDainik