HamroNepalDainik.com
राष्ट्रियसमाचार

जिल्लालाइ उत्कृष्ट बनाउन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सफल

वीरगंज । युएसएड र आरटीआईद्वारा संचालित राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्ग पर्साको जिल्ला समन्वय समितीको बिस्तारित बैठक साेमबार वीरगंजस्थित भिस्वा होटलमा ४ वटा महत्वपुर्ण निर्णय गरी सम्पन भएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख फतबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ईजिआरपी दोस्राेकाे लागी ९ वटा पालिका र १० जना बिज्ञ छनौट गरेको छ ।

छनाैट भएकाे पालिकामा वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका,  बिन्दवासिनी गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका रहेकाे छ ।

बिज्ञहरुको टोलीमा फतबहादुर श्रेष्ठ, हरि राउत कुर्मी, अरबिन्दलाल कर्ण, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, धर्मराज थापा, शम्भु साह, राजकिशोर कानु, कपिल लामिक्षने, गोपालजी साह, रामनारयण साह लगायतका रहेका छन् ।

यस्तै, भदौ मसान्त भित्र ९ वटा पालिकाहरुमा कार्यबिधी अनुसार कार्यदल गठन गरी पठाउन पनि बैठकले निर्णय गरेकाे राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक रामनारयाण साहले बताए ।

बैठककाे कार्यक्रम सम्बन्धि प्रस्तुती गर्दै शिक्षा संयोजक रामनारयाण साहले पर्साको ४ वटा पालिकाको अवस्था दैनिय रहेको बताए । नेपालको ७ सय ५३ वटा पालिकाको ७ सय ४१ नम्बरमा बिन्दवासिनी गाउँपालिका, ७ सय ३९ औ स्थानमा जिराभवानी गाउँपालिका, ७ सय ३३ औं स्थानमा धोबीनी गाउँपालिका र ७ सय ३२ औं स्थानमा पकहा मैनपुर गाउँपालिका रहेको उनले जानकारी गराए ।

बैठककमा वीरगंज महानगरपालिकाकाे शिक्षा संयाेजक अरबिन्दलाल कर्ण, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतकाे सहभागिता रहेको थियो ।

Related posts

जगरनाथपुरकाे ११ औं गाउँ सभा सम्पन्न, ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

hamronepaldainik

पर्सामा १८ बर्ष माथीकाे सबैलाई खाेप लगाउन अभियान संचालन

hamronepaldainik

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

hamronepaldainik
HamroNepalDainik