HamroNepalDainik.com
राजनीति

नेकपा (एकिकृत समाजवादी) बाराकाे बैठक सम्पन्न

कलैया । नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टी बाराकाे बैठक शनिबार सम्पन्न भएकाे छ । बिक्रम ठाकुरको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य दिनेश राईको प्रमुख आतिथ्यतामा बसेकाे बैठक सम्पन्न भएकाे हाे ।

बैठकले पार्टीलाई सुदृढ, संगठित तथा जनआधारित पार्टी निर्माणको साथै पार्टी अध्यक्ष माधव कुमार नेपालकाे प्रमुख आतिथ्यतामा भदाै २७ गते हुने पूर्ण जिल्ला कमिटी गठन, विस्तार र शपथ ग्रहण कार्यक्रमलाई सफल बनाउन मञ्च व्यवस्थापन, आर्थिक उपसमिति, स्वयंसेवक तथा जनपरिचालन उपसमितिहरु गठन गरेकाे छ ।

साथै प्रचारप्रसार उपसमिति रमेश सुवेदीले संयोजन गर्ने, प्रत्येक स्थानीय तहबाट न्यूनत्तम ५० जना अगुवा कार्यकर्ता उपस्थिती गराउने, स्थानीय तहहरुले आ आफ्नो वडा, गाउँ, नगर, उपमहानगरकाे भेला, भदाै २७ गते कलैयामा हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउन पनि निर्णय गरेकाे छ ।

यस्तै, बैठकले जिल्लामा प्रतिनिधी सभा विघटन तथा प्रतिगमनको विरोधमा रहेका र १० बुँदेको भुलभुलैयामा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सँगै रहेर कम्यूनिष्ट आन्दोलन सुद्धिकरण अभियानमा जुट्न आह्वान समेत गरेको छ ।

बैठकमा वाेल्दै केन्द्रीय सदस्य दिनेश राईले सबै उपमहानगर, नगर तथा गाउँपालिका कमिटीकाे पार्टी संगठनहरुमा व्यापक छलफल गरी २७ गतेको जिल्ला अगुवा भेलालाई सपल बनाउन आह्वान गरे ।

उनले व्यक्तिवाद तथा व्यक्तिहरुको पछि नलाग्न तथा पार्टी, संगठन, बित्री, पद्दतीका आधारमा चल्ने सँस्कृतीको विकासमा लाग्न आग्रह गरे । केपि ओलीको व्यक्तिवादी प्रवृत्तीले एमाले यस अवस्थामा पुगेको स्मरण गर्दै जिल्लाका कोही कसैले हाम्रो आन्दोलनलाई पछि पार्न नसक्ने उनले दाबी समेत गरे ।

साथै लोकतन्त्रक तथा समाजवादी आन्दोलनलाई सुटृढ गर्दै सुखी नेपाली र समृद्ध नेपाल सपना साकार पार्ने अभियानमा जुट्न  उनले आह्वान समेत गरे ।

बैठकमा पार्टीका नेता बिक्रम राम, बतहु यादव, डा. द्वारिका उप्रेती, वीरेन्द्र प्रसाद शाह, सकल राम, श्री प्रसाद पासवान, अरुण यादव, वैद्यनाथ साह, हारिओम साह, राम यादव, कौशलकिशो सिंह, राजेश पटेल, कमला अधिकारी, मालती कुशवाहा, ध्रुव यादव, श्रीनिवास महतो, उस्मान अंसारी, अमलदेव यादव, वीरेन्द्र यादव, विजेन्द्र चौधरी, आ.के. भट्टराई, विन्दा यादव, शम्भु गिरी लगायत जिल्ला सचिवालय सदस्य, जिल्ला कमिटीका सदस्य, जनवर्गीय संगठन तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

Related posts

नेपाली कांग्रेस जिराभवानी-२ को वडा सभापतिमा सरोज चौरसिया सर्वसम्मत

hamronepaldainik

उपनिर्वाचनको मौन अवधि आज राती १२ बजे देखि सुरु

hamronepaldainik

एकल महिलाहरुलाई वडा अध्यक्ष आलम द्वारा साडी वितरण

hamronepaldainik
HamroNepalDainik