HamroNepalDainik.com
आर्थिकउधोग

जगदम्बा उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप प्रहरी निरिक्षकसहित एक दर्जन भन्दा बढी घाइते

वीरगंज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

गोदाम भनी बनाएर मेसिन चलाएर रातमा समेत ध्वनी प्रदुषण गरेको भन्दै स्थानीयले जगदम्बा स्टिलको गोदाममा ताल्चा लगाएका थिए । दुई दिन अघि मात्रै उद्योगमा लगाइएकाे ताला प्रहरी ताेडेकाे थियो ।

साेही बिषयलाई लिएर बुधबार भएकाे झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार समेत गर्नु परेकाे थियाे । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे । स्थिती समान्य बनेपछि उनीहरुलाई प्रहरी छाडेकाे थियाे ।

प्रहरीले उद्याेगमा स्थानियले लगाएकाे ताल्चा खाेलेपछि मंगलबार उद्याेग संचालन रहेकाे वडा कार्यालयमा बैठक बसेकाे थियाे । साे बैठककम हालकाे लागि ताला खुलेपनि उद्याेग संचालन नगर्न सहमती भएकाे थियाे । तर बुधबार दिउँसो उद्याेगकाे गोदाममा मेसिन चलाउन थालेको अनुभूति स्थानियले गरेपछि ढुंगा हानेका थिए ।

त्यसपछि पुगेकाे प्रहरी र स्थानिय बिच झडप भएकाे जितपुर सिमरा उपमहानगरपालिकाका वडा नं. २ का वडाध्यक्ष तीलक श्रेष्ठले वताए ।

दोहोरो झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थानीयलाई लखेटेको थियो ।

स्थानीयको मागलाई वेवास्ता गरेका कारण स्थिति विग्रिएको वडाध्यक्ष श्रेष्ठकाे भनाई छ । उनले भने ‘गोदाम घरकाे लागि वडाबाट सहमती लिए पनि मेसिन जडान गरेर उद्योगले स्थानीयलाई आतंकित पार्ने काम गरेको छ । त्यसैको विरोधमा स्थानीयले गोदाममा ताल्चा पनि लगाएका थिए ।”

उनले थपे “मंगलबार वडा कार्यालयमा भएकाे सहमति विपरित उद्योगले मेसिन चलाउन खोजेपछि स्थानीयले ढुंगा हानेछन् । त्यसपछि झडप भएकाे रहेछ ।”

झडपमा परी एक दर्जन भन्दा बढी घाइते समेत भएकाे उनले वताए । उनका अनुसार घाइते हुनेमा इलका प्रहरी कार्यालयका सिमराका प्रहरी निरिक्षक सहित ७ जना प्रहरी, ८ जना स्थानिय र केही उद्याेगकाे कर्मचारी पनि रहेका छन् ।

Related posts

भन्सार राजश्वको निश्चित प्रतिशत वीरगञ्जले पाउनुपर्छ : मेयर सिंह

hamronepaldainik

सरकारले ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने

hamronepaldainik

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

hamronepaldainik
HamroNepalDainik