HamroNepalDainik.com
समाचार

अर्थ समितिमा भन्सार ‘एजेन्ट’का प्रतिनिधिसँग छलफल

काठमाडौैँ, २ माघः(रासस) प्रतिनिधिसभाको अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ बारे भन्सार एजेन्टका प्रतिनिधिसँग छलफल भएको छ ।
 बैठकमा समिति सदस्य वर्षमान पुनले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ लाई सरकारले अध्यादेशमार्फत संशोधन गर्नु कानुनी व्यवस्था विपरी भएको टिप्पणी गर्नुभयो ।
समितिका सभापति चालिसेले यस विषयमा समितिको ध्यानाकर्षण भएको बताउँदै सरकारले विधेयक फिर्ता प्रक्रिया थाल्नका लागि समितिलाई पत्राचार गरेको जानकारी दिनुभयो । “समितिमा विचाराधीन उक्त विधेयक फिर्ता गर्ने भनेर सरकारले पठाएको पत्र भर्खर प्राप्त भएको छ । यस विषयमा समितिको ध्यानाकर्षण भएको छ । हाम्रो विद्यमान कानुनले के–कस्तो प्रक्रियाबाट जाने भनेको छ र अब अगाडि कसरी जान सकिन्छ भनेर हामी समितिमा छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चारवटा अध्यादेश जारी गर्नुभएको थियो । यो अध्यादेशमार्फत् सरकारले ‘वार्षिक बजेट क्यालेन्डर’ संशोधन गरेको छ । सरकारले गत वर्ष पनि सोही अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश संविधानले तोकेको ६० दिनभित्र संसद्बाट पारित हुन नसकेपछि खारेज भएको थियो । बजेट तालिका मिलाउनका लागि सरकारले दोस्रो पटक यो कानुन अध्यादेशमार्फत् ल्याएको हो ।

Related posts

कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न

hamronepaldainik

त्रिभुवन विमानस्थलमा अनलाइन भुक्तानीको ‘भर छैन’, नगद बोकेर आउन पर्यटकलाई आग्रह

hamronepaldainik

परिवर्तनको आशासहित पर्सागढी–२ मा सुशील कुमार कानुलाई व्यापक समर्थन

hamronepaldainik
HamroNepalDainik