HamroNepalDainik.com
प्रदेशसमाचार

मुख्यमन्त्रीको छड्के जाँच अस्पतालमा भेटिएनन् चिकित्सक

जलेश्वर, १० भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरमास्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ ।
जलेश्वर अस्पताललाई सधैँ  ‘रेफर’ अस्पतालका रूपमा सुनिँदैै आएको र चिकित्सक ‘अनकल’  (फोन गरेपछि मात्रै आउने)  मा रहने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेको आधारमा उनले आइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल पुगेका थिए  ।
निरीक्षणको क्रममा ‘इमरजेन्सी’ (आकस्मिक) वार्डमा चिकित्सक अनुपस्थित हुनाका साथै कुन चिकित्सकको ‘ड्युटी’ सम्बन्धी  ‘चार्ट’ नदेखिएको उनले जानकारी दिए ।
अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेको मुख्यमन्त्रीले सिंहले बताए । उनले जलेश्वर अस्पतालमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीकै उदासीनताले गुणस्तरीय सेवा बिरामीले प्राप्त गर्न नसकेको बताए ।
अस्पतालमा छड्के निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले अबदेखि अस्पतालमा ड्युटीमा रहेका प्रत्येक चिकित्सकले आफ्नो ड्युटी अवधिभर अस्पतालमै बस्न निर्देशन दिएको बताए ।
उनले अस्पतालमा ड्युटी रहेको बेला निजी ‘क्लिनिक’ वा अन्य अस्पतालमा जाने चिकित्सकलाई कारबाही गरिने जानकारी समेत दिएका थिए ।
“व्यक्तिगत जीवन सबैको हुन्छ, तर अस्पतालको ड्युटी सकेर चिकित्सकहरू पनि त्यसपछि कहीँ, कतै जान पाउनुहुन्छ ”, मुख्यमन्त्री सिंहले भने स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्न कसैलाई छुट छैन ।”
उनले अबदेखि चिकित्सक र स्वास्थ्यकर्मी सबै नियमित उपस्थित हुनुपर्ने, सरसफाइ तथा अस्पतालका सबै क्षेत्रको व्यवस्थापन मापदण्डबमोजिम गरिनुपर्ने र अस्पतालको क्षमताबमोजिम बिरामीको सङ्ख्या रहनुपर्नेमा जोड दिएका थिए । (रासस)

Related posts

पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण

hamronepaldainik

हाम्रो फुटसलको आयोजनामा ईन्टर कलेज मेरिगोल्ड फुटसल टुर्नामेन्ट–२०८० सुरु

hamronepaldainik

पर्सागढी नगरपालिकामा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न प्रधानमन्त्री देउवा प्रतिबद्ध

hamronepaldainik
HamroNepalDainik