HamroNepalDainik.com
समाचार

पम्पम बिलडिङको गोदाममा पर्सा प्रहरीको छापा : करोडौंको भन्सार छलीका कपडा बरामद

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

६ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जस्थित पम्पम बिलडिङको गोदाममा छापामारी गरि ठूलो मात्रामा तस्करीका कपडाहरु बरामद गरेको छ ।
भारतबाट भन्सार छली गरि ल्याइ भण्डारण गर्ने गोदाममा बिहिवार प्रहरीले छापामारी गरेको हो । वीरगञ्जको महाविरस्थान नजिकै रहेको पम्पम बिलडिङ्मा तस्करीका कपडाहरु भण्डार गरि राखीएको गोदाममा छापामारी गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले पुष्टि गरे ।

उनका अनुसार विशेष सूचनाको आधारमा छापामारी गरी पम्पम बिलिडङका विभिन्न गोदाममा भण्डार गरिएका करोडौं मूल्य बराबरको कपडाहरु बरामद भएको हो ।

पम्पम बिलडिङको भवनमा रहेको विभिन्न गोदामबाट सुट, पाइन्ट, कुर्ता, सुरुवाल, साडीसहितका धेरै मात्रामा कपडा बरामद भएको हो ।

विभिन्न कपडा व्यापारीहरुले तस्करी गरी मगाउने कपडा सोही गोदाममा भण्डारण गर्ने गरेको प्रहरीको प्रारम्भिक सोधविनमा पाइएको छ ।

अहिले छापामारी जारी रहेकोले यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । ५ तल्ले पम्पम बिल्डिङको पूरै भवनलाई प्रहरीले घेरेर छापमारी गरिरहेको छ ।

Related posts

नार्क र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य बारे छलफल

hamronepaldainik

हरेराम-हरेकृष्ण नामको किर्तन गर्नेमाथि प्रहरी निरिक्षक शाहीको दादागिरी

hamronepaldainik

खानेपानीमन्त्री यादवले सरसफाइको क्षेत्रमा राजनितिक दलहरुसँग खोजे प्रतिबद्धता

hamronepaldainik
HamroNepalDainik