HamroNepalDainik.com
खेलकुदसमाचारस्थानिय

प्रथम वीरगंज गोल्डकप आजबाट सुरु

१८ कात्तिक,वीरगंज
मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा खेलकुद क्षेत्रलाई चलायमान बनाउन महानर सँधै तयार रहेको बताए ।

वीरगंजलाई विगतको जस्तै फुटबलको उर्वर भूमी बनाउन सबैको साथको खाँचो रहेको बताए ।
वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि मैदनको पुन:निर्माण गरिएको भन्दै उहाँले नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताएका थिए  ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भेट्रान्स सिटी क्लब वीरगंज विजयी भएको छ ।
भारत नोएडाको एफसीआई नर्थ जोन फुटबल क्लबलाई ट्राइबेकरमा ४-१ ले पराजित गर्दै आयोजक भेट्रान सिटीले जित हात पारेको हो ।
प्रतियोगितामा नेपालका ५ र भारतका २ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

Related posts

सिभिल बैंकको वार्षिकोत्सवमा २ महिला सहित ३१ जनाले गरे रक्तदान

hamronepaldainik

प्रदेश न. २ का सरकारले बेटी बचाऊ बेटी पढाउको नाउमा भ्रष्टाचार गरेको अख्तियारको आरोप

hamronepaldainik

पकहाँमैनपुरकाे प्र.प्र अधिकृतमा उदयशंकर चाैधरी : अध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले गरे स्वागत

hamronepaldainik
HamroNepalDainik