HamroNepalDainik.com
समाचार

पत्रकार दुबेलाई मातृ शोक

वीरगंज ।
जन गुनासो डेलीका सञ्चालक तथा ग्लोबल टेलिभिजन बारा, पर्सा, रौतहट प्रमुख पत्रकार उमेश दुबेलाई मातृ शोक परेको छ ।
बाराको फेटा गाउँपालिका वडा नं. ७ गम्हरिया निवासी उनकी ममतामयी आमा लक्ष्मी देवीको शुक्रवार राती निधन भएको हो ।
मधुमेह र मुटु रोगबाट ग्रसित आमा लक्ष्मी देवीको ६७ बर्षको उमेरमा काठमाडौंको शाहीद गङ्गालाल अस्पतालमा लामो समय देखि उपचार गराईरहेकोमा शुक्रवार राती करिब १० बजे निधन भएको हो ।
लक्ष्मी देवीको पार्थिव शरिर शुक्रवार राती नै निजी निवास गम्हरिया ल्याई शनिवार हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिने उनको पारिवारिक श्रोतले जनाएको छ ।
स्व. लक्ष्मी देवीको असमायिक निधन भएकोमा दिवगंत आत्माको चिर शान्तिको कामना सहित यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि यस अनलाईनले श्री पशुपतिनाथ सँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

Related posts

निजी मिडियामाथि सरकारको ‘आर्थिक नाकाबन्दी’

hamronepaldainik

वीरगन्जलाई क्षयरोग मुक्त पालिका घोषणा गर्न महानगरको अभियान

hamronepaldainik

बहुदरमाइ नगरपालिकाका मेयर ले बाटो मिची आफ्नो साह दरबार होटल बनाएको आरोप

hamronepaldainik
HamroNepalDainik