HamroNepalDainik.com
समाचारस्थानिय

समान चोरी गरेको आरोपमा जिन्सी शाखाका कर्मचारीहरु पदमुक्त , छानबिन समिति गठन

वीरगन्ज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाको कार्यालयबाट रातिको समयमा सामानहरु चोरी गरेको आरोप लागेको समाचार शनिबार यस अनलाइन लगायत विभिन्न अनलाइन पत्र पत्रीका समाजिक संजालमा समाचार तथा भिडियो सर्बजनिक भएपछि जिन्सी शाखाका प्रमुख हरीमोहन महतो लगायत त्यस शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई पदमुक्त गरिएको छ ।

गएको भाद्र २१ गते राती ८ बजेको समयमा जिन्सी शाखा प्रमुख महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट रातिको समयमा ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानिय युवाहरुले पक्राउ गरि सामान फिर्ता राख्न लगाएको स्थानियहरुले बताएका थिए ।

उक्त कुरा बाहिर आएपछि प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस कार्यमा सहयोग तथा संग्लन रहेका सम्पूर्ण कर्मचारीलाई पदमुक्त गरेका छन् साथै उक्त घटनाको विषयमा आज बैठक बसी न्यायिक समिति संयोजकको अध्यक्षतामा छानबिन कमिटी गठन गरी सात दिन भित्र प्रतिवेदन बुझाउन निर्णय गरिएको अधिकृत कुशवाहा प्रेस विज्ञप्ति मार्फत बताएका छन् ।

Related posts

चिकित्सक संघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता

hamronepaldainik

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

hamronepaldainik

१३ लाख नगद सहित जगरनाथपुरका रवि पटेल पक्राउ

hamronepaldainik
HamroNepalDainik