HamroNepalDainik.com
शिक्षा

गोल्डेन फ्युचरले मैनेजमेन्टकाे कक्षा संचालन गर्दै

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर कलेजले मैनेजमेन्टकाे कक्षा संचालन गर्ने भएको छ । कलेजले शुक्रबार पत्रकार सम्मेलन आयाेजना गरेर प्लस २ काे मैनेजमेन्टकाे कक्षा स‌ंचालन गर्न लागिएकाे जनाएकाे हाे ।

कलेजका संचालक डा. उमेश चौरसियाले वीरगंजको निरासापुर्ण शैक्षिक अवस्थालाई बदली शैक्षिक हबको रुपमा बिकाश गर्न प्रयोगात्मक, शिपमुलक, अनुसन्धानमुलक शिक्षा दिने उद्देश्यले कलेज स्थापना गरिएको जानकारी दिए ।

ठाकुर राम कलेजका पूर्व क्याम्पस प्रमुख समेत रहेका चाैरसियाले दक्ष अनुभवी शिक्षक शिक्षिकाको टिमबाट अध्यापनको व्यवस्था, हप्तामा एक दिन बुक फ्रि बनाई बिद्यार्थीहरुलाई प्रयोगात्मक पठन पाठन लगायतको व्यवस्था गरिएको जानकारी दिए ।

Related posts

वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

hamronepaldainik

एसइईको नतिजा आज साँझ सार्वजनिक गरिने

hamronepaldainik

सत्यम पब्लिक कलेजमापनि महानगरको सिलबन्दी

hamronepaldainik
HamroNepalDainik