HamroNepalDainik.com
अन्यसमाचारस्थानिय

विभिन्न माग सहित संयुक्त किसान संघर्ष समिति पर्साद्धारा धर्ना

वीरगंज ८ चैत ।
कम्युनिष्ट पार्टी निकट ६ किसान संगठनहरुले बुधवार वीरगंजमा बिरोध प्रदर्शन धर्ना सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अल्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकार), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघ सम्मिलित संंयुक्त किसान संघर्ष समिति पर्साले वीरगंजको घण्टाघरबाट विभिन्न नारा अंकित प्लेकार्ड सहित निस्केको बिरोध जुलुस नगरपरिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि दिउसो १ बजे देखि २ बजे सम्म एक घण्टा धर्ना दिएको छ ।
किसानहरुले मल र विऊ समयमा उपलब्ध गर, सहुलियत व्याजदरमा कृषि ऋण उपलब्ध गर, बढदो महंगी नियन्त्रण गर, किसानलाई संरक्षण गर, भुमि बैंक खारेज गर लगायतका मागहरु राखी सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
नेपालका ६ कम्युनिष्ट पार्टी आवद्ध किसान संगठनहरुले २०७९ साउन १४ गते नेपाल सरकारका प्रधानमन्त्री समक्ष ५९ बुंदे मागहरु राखी ज्ञापन पत्र बुझाए पनि हालसम्म सो मागहरु पुरा नभएको कारण बाध्य भएर आफुहरु पुनः आन्दोलन गरेको संयुक्त किसान संघर्ष समिति मधेश प्रदेशका सदस्य रामचन्द्र साहले बताए । आफुहरुको माग तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउने साहले बताए ।
नेकपा माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का केन्द्रिय सदस्य जयनारायण चौधरी, नेकपा एस निकट अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र साह, अखिल नेपाल किसान महासंघ (अल्फा)का अमरदेव पासवानको नेतृत्वमा रहेको किसानहरुले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका थिए ।

Related posts

१५ केजी चरेशसहित पटेर्वासुगौलीका २ जना पक्राउ

hamronepaldainik

सेभिल्ला सम्मेलनले खानेपानी र सरसफाइमा नयाँ दिशा दिनेछ : मन्त्री यादव

hamronepaldainik

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा १० महिला सहित ७६ जनाले गरे रक्तदान

hamronepaldainik
HamroNepalDainik