HamroNepalDainik.com
समाचारस्थानिय

नेकपा (एस) निकट अनेम संघ पर्साको कमिटी गठन

वीरगंज । नेकपा (एकीकृत समाजबादी) निकटको अखिल नेपाल महिला संघ पर्साको जिल्ला भेला बिहिबार सम्पन्न भएको छ । वीरगंजकाे राधेमाइ धर्मशालामा भएकाे भेलाले लालमुन वाइबाको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ पर्साकाे जिल्ला कार्यसमिति गठन गरेको छ ।

नवगठित समितिकाे उपाध्यक्षमा रेनु चौरासीया, आशा गिरि, सचीवमा पार्वती सुनार, उपसचिवमा गाजमती देबि, कोषाअध्यक्षमा रुपा थापा र सदस्यहरुमा क्रमश कमला देबि दास, देवान्ती देबि दास, रानी देबि, शोभा देबि राम, साबित्रि देबि, इन्दु देबि, प्रमज्योती देबि राम, जुम्त्रि देबि खातुन, कोशिला देबि, हिरामती देबि राम चयन भएका छन् ।

नेकपा एसका प्रदेश कमिटी सदस्य योग कुमारी तामाङको अध्यक्षता र स्थाई कमिटी सदस्य एवं मधेस प्रदेश सह-इन्चार्ज कल्याणि खडकाकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा पोलिटब्युरो सदस्य रामचन्द्र साह, अनेमा संघका केन्द्रिय सचीव बिभा कार्की, केन्द्रीय सदस्य मालती चौधरी, नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापा, उपाध्यक्ष गङगा खडका, सचिव बिक्रम चौरासीया, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

Related posts

वीरगंज महानगरमा महाभीडन्तको तयारी, कस्ले मार्छ बाजी

hamronepaldainik

वीरगंजकाे विकास बारे पूर्वमन्त्री यादव र मेयर सिंहले गरे प्रधानमन्त्रीसंग भेट

hamronepaldainik

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, जिल्ला अधिवेशन गर्ने निर्णय

hamronepaldainik
HamroNepalDainik