HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंजको नारायणी अस्पतालमा अब देखी २२ वटा डाइलेसिस मेशिन सुचारु

बिरगंज २९ मंसिर । बिरगंजको नारायणी अस्पतालले अब देखी २२ वटा डाइलेसिस मेशिन सुचारु गरेको छ । बिगतको दिनमा नारायणी अस्पतालमा मात्र ७ ओटा डाइलेसिस मेशिन सुचारु रहेको थियो । तर नारायणी अस्पतालका मेसु डा बिरेन्द्र बहादुर प्रधानले आफनो अन्तिम कार्यकालमा थप १५ वटा मेसिन जडान गरेका छन ।
जादाजादै उपहारमा गरिव तथा विपन्न वर्गहरुलाइ सेवा र सुभिदा होस भन्दै मेसु प्रधानले जानकारी दिएका छन ।

नारायणी अस्पतालमा लामो समयदेखि डाइलोसिसको समस्या रहेकोमा अब त्यसको अन्त भएको छ। नारायणी अस्पतालमा निमित्त प्रमुखका रुपमा सुपरिटेन्डेन्टडन विरेन्द्र बहादुर प्रधान नियुक्त भए देखि अस्पताललाई कसरी सुधार गर्ने भन्ने चिन्ता रहेकोमा अहिले अथक उहाँको प्रयासले २२ वटा डाइलेसिस मेसिन जडान भएको छ।

नारायणी अस्पतालमा पहिला ४-५ वटा मात्र डाइलेसिस मेसिन रहेकोमा गरिव तथा विपन्न वर्षका मानिसहरु महगो शुल्क तिरेर डाइलेसिस गदै आइरहेकोमा उहाँले मनोज केडिया संग समन्वय गरि सिद्धार्थ बैंकले ५५ लाख र निजी दाताले ५ लाख खर्च गरेर १२ वटा डाइलेसिस मेसिन खरिद गरेको र ५ वटा विभागले उपलब्ध गरेको मेसु प्रधानले बताएका छन्।

नारायणी अस्पताल संग अब प्रख्यात मात्र डाइलेसिस भएकोले आफू जादाजादा यो उपहार दिएर जान लागेको बताए । हाल तयार गरिएको भौतिक संरचनामा १५ मध्ये १३ वटा विमारी र २ वटा सेरोज पोजेटिभ किड्नी बिमारीहरुलाई प्रयोग गर्न राखिएको मेसु प्रधानले बताएका छन् ।

मेसु बिरेन्द्र बहादुर प्रदान
अहिले आफुले इमर्जेन्सी डाइलेसिस समेत राखिएको जसमा निजी अस्पतालमा १२ हजार पर्छ भने यहाँ ५ हजारमा आवश्यक सामान समेत उपलब्ध गराउने बताए ।नारायणी अस्पतालमा भइरहेको डाइलेसिस सम्पूर्ण खर्च नेपाल सरकारले गर्ने भएकोले केवल इमर्जेन्सीको खर्च तोकिएको बताएका हुन । डाइलेसिस मेसिन
सरकारले जुन दिन मलाई यहाँ मेसु तोक्यो त्यो दिन देखि यो अस्पताल कसरी सुधार गर्ने भन्ने चिन्ता आफुमा दिन रात खुलदुली भइरहेको थियो अब मैले केही मानवीय काम गरेजस्तो लागेको छ यसलाई थप सुधार गरेर आउने मेसुले गर्नु पर्छ भन्ने मेरो चाहना रहेको बताए ।

निजी अस्पतालले डाइलेसिस बाट लाखौं आम्दानी कमाइरहेकोमा अब सरकारी तहमा निशुल्क सेवा पाउने भए पछि अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या अहिले बढन थालेको डाक्टर दिपक चौरसियाले बताएका छन् ।

Related posts

बिन्दवासिनीकाे गाउँपालिका वडा नं.५ को अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार पटेल घरदैलो अभियानमा ब्यस्त

hamronepaldainik

विन्दवासिनीका अध्यक्ष तिवारीको शिक्षा प्रतिको लगाव बढदै, राधा कृष्ण चौरसिया माविमा चार कोठे भवनको शिलान्यास

hamronepaldainik

तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकले महानगर प्रमुखलाई बुझाए ज्ञापन

hamronepaldainik
HamroNepalDainik