HamroNepalDainik.com
समाचार

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा लुटतंन्त्र सम्बन्धित निकाय मौन

वीरगंज ६ भदौ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा व्यापक भ्रष्टाचार भईरहेको घाम जस्तै छर्लङ्ग देखिन थालिएको छ ।
तथापि सम्बन्धित निकायको मौनताले सचेत नागरिकहरु आश्चर्यमा परेका छन् । सवारी चालक अनुमति पत्रको लागि आवेदन दिने व्यक्तिहरु कार्यालयकै कर्मचारी र बिचौलियहरु मार्फत रकम दिई धमाधम पास भईरहेको जो सुकै सँग पनि लुकेको छ्रैन् ।
कार्यालयका कर्मचारीहरुले करोडौ करोड जम्मा गरी एकमुस्ट नतिजा प्रकाशित गर्दै धमाधम लुटनमा मस्त रहेको बताईन्छ । मोटरसाईकल, कार, जिप लगायतका गाडीहरुमा लुटतन्त्र मच्चाएका सवारी चालक शाखाले हाल हेभी (ठुलो) गाडीमा लुटतन्त्र मच्चाउन व्यस्त रहेको बुझिएको छ ।
कार्यालयका प्रमुख सुशिल साहलाई उद्योग विभागको निमित्त महानिर्देशक मधेश प्रदेश वन पर्यटन तथा उद्योग मन्त्रालयलले जिम्मेवारी दिए पनि उनी रकमको बलमा विभाग र सवारी चालक शाखा दुबै आफै चलाउने सेटिङ्ग गरेको समाचार स्रोतको कथन रहेको छ ।

Related posts

पर्साको ईटियाहीमा घरको स्ल्यापबाट खसेर किशोरको मृत्यु

hamronepaldainik

दशैंतिहार तथा छठ मनाउन ९ लाख नागरिकले छाडे काठमाडौं

hamronepaldainik

महानगरसहित औद्योगिक करिडोरका तीन वटै स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

hamronepaldainik
HamroNepalDainik