HamroNepalDainik.com
समाचार

समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेस समितिको बिस्तारित बैठक बिरगंजमा सम्पन्न

बिरगंज १७ असार ।
समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेस समितिको बिस्तारित बैठक बिरगंजमा सम्पन्न भएको छ ।
बैठकले श्रावण २८ र २९ गते मधेस प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको छ । प्रदेश अधिबेशन अगावै श्रावण १५ गते भित्रैमा आठ वटा जिल्लाकै जिल्ला अधिबेशनहरु समेत गर्ने निर्णय गरेको छ ।
संगठनका प्रदेश संयोजक बृजलाल पासवानको अध्यक्षता र नेकपा ( एकीकृत समाजबादी ) का पोलिटब्युरो सदस्य रामचन्द्र साहको बिशेष उपस्थितमा सम्पन्न बैठकले असार मसान्त भित्रमा आठ वटै जिल्लाका सदस्यहरुको अध्यावधी गरि प्रदेश समितीमा बुझाउने निर्णय समेत भएको संगठनका संयोजक बृजलाल पसावानले बताउनु भयो ।
बैठकले संघ र प्रदेश निर्वाचन केन्द्रित प्रचार अभियान चलाउने निर्णय गर्नुको साथै समाजबादी प्रेस संगठनका उपाध्यक्ष सितल साह बृहतर जनकपुर बिकास परिषदको अध्यक्ष र संगठनका सिरहा अध्यक्ष राजकुमार राउत सुरुङ्गा ना .पा -१ का वार्ड अध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई एवं सम्मान व्यक्त गरेको छ । बैठकमा केन्द्रिय प्रचार बिभागका सचिव प्रकाश खतिवडा , संगठनका उपाध्यक्ष सितल साह , महासचिव भुपराज खडका , नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खडका , संगठनका प्रदेश इन्चार्ज सुबास साह , सह – इन्चार्ज राघव साह लगाएतले मन्तव्य ब्यक्त गर्नु भएको थियो भने संचालन रमेश सुबेदीले गर्नु भएको थियो ।

Related posts

विरगञ्ज रक्सौल नाका केहि घण्टा बन्द

hamronepaldainik

वीरगञ्जमा डेढ लाख बराबरको पटाकासहित विष्पोटक पदार्थ नष्ट

hamronepaldainik

अनिल रुङटाको पक्षमा बढ्दो जनलहर,नेपाली कांग्रेस पर्सा–१ मा २५० जेन–जी युवाको प्रवेश

hamronepaldainik
HamroNepalDainik