HamroNepalDainik.com
समाचारस्थानिय

विन्दवासिनीका अध्यक्ष तिवारीको शिक्षा प्रतिको लगाव बढदै, राधा कृष्ण चौरसिया माविमा चार कोठे भवनको शिलान्यास

वीरगन्ज ।

बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले राधा कृष्ण चौरसिया माध्यमिक विद्यालय बहुवर्वा भाठ्ठामा भवन निर्माणका लागि शिलान्यास गरेका छन् ।

गाउँपालिका–२ को राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यस एक कार्यक्रमका बीच उनले गरेका हुन् । गाउँपालिकाका अध्यक्ष तिवारीले भवन शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माण कार्यमा विशेष ध्यान पुगाएकाले शिक्षा क्षेत्रमा फड्को मार्ने बताए ।

गाउँपालिकाका अध्यक्ष तिवारीले राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयको भवन बनाई विद्यालयको पठन पाठनमा पूर्ण रूपले सुधार गर्ने बताए । विकास गर्न आएकाले म सबै क्षेत्रलाई समेटेर अगाडि बढने छु । पालिकाभित्र रहेका माविहरुलाई स्तरोन्नति गर्दै लैजाने छु ।’ गुणस्तरीय शिक्षा प्रदानका लागि अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गरिने उनले बताए । अध्यक्ष तिवारीले पहिलाको गाउँपालिका र अहिलेको गाउँपालिकाको तुलना गर्न सबैलाई अनुरोध गरेका थिए ।कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया, वडा अध्यक्ष मुक्ति पटेल, प्रमुख प्रशासकीय अधिकृत राजु साह, लेखा अधिकृत मिथलेश कुशवाहा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, इन्जिनियर नगेन्द्र कुशवाहा, प्रधानाध्यापक सरोज चौहान लगायतको उपस्थिति रहेको थियो ।

Related posts

ठाउँठाउँमा टंकी राखेर खानेपानीको प्रबन्ध मिलाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik

सरकारले ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने

hamronepaldainik

पर्सागढी–३ झावराहामा एमाले उम्मेदवार रिमा यादवको घरदैलो अभियान

hamronepaldainik
HamroNepalDainik