HamroNepalDainik.com
राष्ट्रियसमाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ध्दारा स्वर्गीय राज बिरेन्द्र को २० औ श्रध्दान्जली सभा मनाइयो

वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्ला कार्यसमिति पर्सा ले स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाहदेव को २० औ श्रध्दान्जली सभा मनाइएको छ।

विरगंज महानगरपालिका वडा नं १५ (ल‌क्षुमनवा) मा अवस्थित स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाहदेव को शालिक मा दिप प्रज्वलन तथा माल्यार्पण गरि एक कार्यक्रम का बिच श्रध्दान्जली सभा मनाइएकोछ। उत्क श्रध्दान्जली सभा लाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का शुमेश्वरनाथ उपाध्याय ले स्वर्गीय पुर्ब राजा बिरेन्द्र को कार्यकालमा देश धेरै नै विकासोन्मुख दिसामा थियो र बाघ र बकरी एकठाउँमा बसेको महसुस हुन्थ्यो र देशमा शान्ति शुरक्षाको अवस्था पनि राम्रो थियो भन्ने आफनो धारणा राखेका थिए। त्यस्तै बकत्ब्य कै क्रममा पुर्व नेपाल प्रहरी कर्मचारीका पर्सा जिल्ला अध्यक्ष सत्रुधन सिंह ले स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाहदेव को पालामा भएको बिकासको बारेमा चर्चा परिचर्चा गरेका थिए।

त्यसतै बकत्ब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का पुर्ब केन्द्रीय सदस्य नगिना यादव ले स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाहदेव को हत्यारा पतानलागनु को कारण के हो र २० बर्ष बितिसक्दा पनि नेपाल सरकार ले पनि हत्यारा लाइ थाहनलागाउनु को मुख्य कारण के हो भनि आफ्नो बकत्ब्य राखेका थिए।

त्यसतै बकत्ब्य कै क्रममा वीरगंज महानगरपालिका का प्रत्यासी उपाध्यक्ष बिना जयसवाल कुर्मी ले स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाहदेव को हत्यारा लाइ पता लगाइ कानुनी दायरामा ल्याउन को लागि नेपाल सरकार सँग माँग गरेकिछिन्। साथै यो हाम्रो देश नेपाल लाइ काग्रेस, एमाले, माओवादी ले देश लाइ बन्धक बनाएर राखेको आरोप लगाएकी छिन्। साथै यो देशमा आमनचयन पाउनको लागि राजतन्त्र को आवश्यकता रहेको बताएकिछिन।

उत्क श्रध्दान्जली सभा कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का अध्यक्ष शुमेश्वरनाथ उपाध्याय को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी का मधेस प्रदेश कोषाध्यक्ष तथा जिल्ला कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मि पार्टी का जिल्ला मनार्थ अध्यक्ष अंगद ठाकुर, पार्टी का पुर्ब केन्द्रीय सदस्य नगिना यादव, पार्टी जिल्ला उपाध्यक्ष राजेश कुमार गुप्ता,गोगिनदर पटेल, जिल्ला सचिव पनालाल पटेल, अजय पौडेल, जिल्ला सह सचिव पवन प्रसाद साह, वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ, किरणराज डंगोल, नरेन्द्र चौरसिया, राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन पर्सा जिल्ला अध्यक्ष राजाबाबु चौरसिया,रोसन यादव,दिपनारायण यादव लगायत का ब्यत्किहरु को उपस्थिति रहेको थियो।

Related posts

श्री सत्य साई मधेश प्रदेश समितिकाे आयाेजनामा ४ महिलासहित ४८ जनाले गरे रक्तदान

hamronepaldainik

शिक्षा समितिको सदस्यमा चौरसिया मनोनित

hamronepaldainik

थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

hamronepaldainik
HamroNepalDainik