HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंज महानगरपालिका वडा नं.१९ को अध्यक्ष पदका उमेदवार तिवारी लोकप्रिय बन्दै

वीरगञ्ज १७ बैशाख /

स्थानीय तहको चुनाव नजिकिदै जादा बिरगंज महानगरपालिका वडा नं.१९ का समाजसेवी तथा युवा नेता सन्तोष तिवारी लोकप्रिय बन्दै गएका छन् ।

बिगत केही बर्ष देखि वडा मा जनताको सेवामा समर्पित हुदै आएका सन्तोष तिवारी आउने बैशाख ३० गते को चुनावको लागि लोसपाको तर्फ बाट वडा अध्यक्षका उमेदवारी दिएका छन्।

यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिएको नेता तिवारीले बताए ।

तिवारी राजनीति पेशामा आबद्ध भइ वडा नं.१९ का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाजको सेवकको रूपमा चिनाउन सफल तिवारी नै यसपालिको वडा अध्यक्ष हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् ।

बिगतको पाँच बर्ष मा वडा नं १९ का निर्वाचित अध्यक्ष भएर जनताको निमित बिकासको काम गर्नुको साथै शिक्षा,स्वास्थ लगाएत अन्य क्षेत्रमा पनि राम्रो सुधार गरेकै कारण यसपालिको निर्वाचनमा,युवाहरूको ढुकढुकी, मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा नेता सन्तोष तिवारीलाइ नै रोज्ने स्थानीयवासीहरुले बताएका छन्।

Related posts

आयातमा कडाइपछि वीरगञ्जका भन्सारले भेट्टाएनन् लक्ष्य

hamronepaldainik

शिक्षा समितिको सदस्यमा चौरसिया मनोनित

hamronepaldainik

मुख्यमन्त्रीको छड्के जाँच अस्पतालमा भेटिएनन् चिकित्सक

hamronepaldainik
HamroNepalDainik