HamroNepalDainik.com
समाचार

पोखरीयामा अन्य पार्टी त्यागेर सयकडो जाना लोसपामा प्रवेश

पर्सा बैशाख ८,

पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ६ मा विभिन्न पार्टी परित्यागी १९० जना भन्दा बढी लोसपामा प्रवेश गरेका छन ।

अन्य पार्टीले पोखरिया नगरपालिकाको विकासका लागि कुनै कामनै गर्न नसकेको भन्दै यहाँका विकास र समृदिका लागि लोसपा नै चाहिएको बुझेर आफुहरुले प्रवेश गरेका हुन भन्दै जनक हजराले बताए ।

शिक्षा, स्वास्थ्य, व्यवसायिक, खानेपानी, सडक लगाएतका सेवाको सहज उपलब्धताका लागि योजना बनाएरै आफुहरु जनताका माझमा आएको भन्दै उप मेयरका उमेदवार आशा देवीले  आफ्नो अमुल्य मत दिएर सहयोग गर्न अग्रह गरिन ।

पार्टी प्रवेश गर्नेमा जनक हजरा ,मान्ती देवी ,अमना खातुन,सुल्तान मिया, क्यमुलाह ,हदिस ,नबि हुसेन ,राजेश प्रसाद साह , रामजित महतो लगायतका रहेका छन् ।

दिनेश सहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र कुर्मी,विशिष्ट अतिथि नेजमुदीन समानी र आशा देवी लगाएतको सहभागिता रहेको थियो ।

Related posts

हिन्दू परिष्द नेपालले गर्ने सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पुरा

hamronepaldainik

आदित्य इजुकेशनल ईन्स्टिच्युशन द्वारा बिरगंजमा अभिभावकहरुको सम्मान कार्यक्रम समपन्न

hamronepaldainik

वीरगन्ज महानगरमा ई–रिक्साहरु व्यवस्थित नहुँदा दिनहुँ ट्राफिक जामको समस्या

hamronepaldainik
HamroNepalDainik