HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा नेकपा एकिकृत समाजवादी पार्टीको मोटरसाइकल र्‍याली

वीरगञ्ज । वीरगञ्जमा नेकपा एकिकृत समाजवादी पार्टीको वडा स्तरिय मोटरसाइकल र्‍याली निकालिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीको निर्वाचन परिचालन प्रचार प्रसार समितिका संयोजक अनिल पटेलको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं.– १४ सानो पिपराबाट शुरु भएको र्‍याली बहुअरी, तीन टोलिया, ठूलो पिपरा, नयाँ बस्ती, पटेल चौक लगायत विभिन्न ठाउँमा पुगेर आवास क्षेत्रमा टुंगिएको थियो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका पर्सा जिल्ला ईन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष बालगोपाल थापा, नेकपा एस वीरगञ्ज महानगर समिति अध्यक्ष मनोज चौधरी, युवा संघ नेपालका पवन पटेल लगायतको उपस्थिती रहेको थियो ।

Related posts

पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम सफल बनाउन छलफल

hamronepaldainik

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

hamronepaldainik

हाम्रो नेपाल दैनिकको तेस्रो वार्षिकोत्सवको अवसरमा ५ महिला सहित ३२ जनाले गरे रक्तदान

hamronepaldainik
HamroNepalDainik