HamroNepalDainik.com
Uncategorizedसमाचार

महिलाको हत्या काण्डमा तिन जना पक्राऊ

बिरगंज १ माघ ।

इलाका प्रहरी कार्यालय बरहथवाले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । एक सप्ताह पहिला सर्लाहीको बरहथवामा वाड नम्बर १० राम छविला साहको उखूखेत भित्र हत्या गरि महिलाको शब फालेको अवस्थामा बरामद भएको थियो ।

बरहथवा नगरपालिका – १०, कटानीकी ३२ वर्षीय महिला सावित्री कुमारी महरा चमारको हत्यामा संलग्न तीन जनालाई शनिबार इलाका प्रहरी कार्यालय बरहथवाले पत्रकार सम्मेलन गरी शनिवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका –१०, ताईवान टोल घर भएका २७ वर्षीय सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयो । उनीहरू तीनै जना एउटै गाउँका हुन् ।

महिलाको हत्या भएको एक साताभित्र तीनै जनालाई प्रहरीले फरकफरक मितिमा पक्राउ गरी अनुसन्धान गर्दा महिलाको हत्या उनीहरुले सामूहिक रुपमा गरेको प्रहरीमा बयान दिएका छन् । आफूहरूले महिलालाई राति घरबाट बोलाए मुख बन्द गरेर घाँटी थिचेर हत्या गरेको र मृतक महिलाको शव उखुबारीमा लगेर आगो लगाए भागेको बयान दिएका छन् ।

पुस १७ गतेदेखि घरबाटै हराएकी महिला घर नफर्केपछि स्थानीयले पुस २३ गते बिहान उखु बारीमा महिला जलेको अवस्थामा शव फेला परेका थिए । हत्यामा संलग्न सन्तोष साहसँग मृतक महिलाको एक वर्ष देखि चिनजान भएको र मृतक महिलाले केही पैसा जग्गा खरिद गर्ने साहलाई दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक महिला र साहबीच प्रेम सम्बन्ध समेत रहेको र मृतक महिलाले साहलाई विवाह गरेर सँगै लैजान भनेपछि आफूले हत्या गरिएको साहले प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् । प्रहरीले हत्यामा प्रयोग गरिए पल्सर २२० सीसीको मोटरसाइकल समेत बरामद गरेको छ। मृतक महिलाको श्रीमान दुई वर्ष देखि वैदेशिक रोजगारीको सिलसिला कतारमा छन् ।

Related posts

वीरगञ्ज जेसीजद्वारा बालबालिकालाई शैक्षिक सामग्री वितरण

hamronepaldainik

मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

hamronepaldainik

प्याब्सन वीरगंजको आयोजनामा शनिवार देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

hamronepaldainik
HamroNepalDainik